सुदूर नेपाललाई विश्वसँग जोड्दै

कालोबजारी रोक्न निर्देशन

२०७६ चैत्र ४, ०५:४३

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी रोक्न सरकारलाई निर्देशन दिएको छ। 

समितिको आज बसेको बैठकले उपभोग्य वस्तुको कृत्रिम अभाव गरिएका ठहर गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन निर्देशन दिएको हो। बैठकले अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्ने व्यापारीमाथि कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ। 

सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएको जनाइरहँदा कोभिड–१९ (कोरोना) भाइरसको त्रास देखाउँदै व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेका छन्। 

कोरोनाका कारण दैनिक उपभोग्य वस्तु, औषधिलगायत अत्यावश्यकीय वस्तुको अभाव तथा सहज आपूर्तिका सम्बन्धमा सरोकारवालासँग छलफल गर्न समितिको बैठक बसेको थियो। –रासस
 

कमेन्ट लोड गर्नुस