सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि घट्यो सुनको भाउ

२०७६ चैत्र ४, ०२:२१ खबर संवाददाता

मंगलबार सुनको भाउ दुई हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुन प्रतितोला ७५ हजार पाँच सय कायम भएको छ। चाँदीमा पनि एकै दिन ८० रूपैयाँ घटेको छ।

अन्तराष्ट्रिय बजारमै गिरावट आएको त्यसको असर नेपाली बजारको परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। गत साताको पहिलो दिन प्रतितोला सुनको भाउ ८२ हजार पाँच सय पुगेको थियो।
 

कमेन्ट लोड गर्नुस