सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र पङ्सेरा तोकियो, स्थानीयद्वारा विरोध जारी

आइतबार स्थानीयले गरेको विरोध प्रदर्शन
आइतबार स्थानीयले गरेको विरोध प्रदर्शन
२०७६ चैत्र ४, ०१:४९ खबर संवाददाता

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को पङ्सेरामा राख्ने निर्णय भएको छ। गाउँसभाको २ तिहाई बहुमतले उक्त निर्णय पारित गरेको हो।

गाउँसभाका सदस्यहरु जम्मा ३७ जना रहेकोमा उक्त गाउँसभामा २६ जनाको उपस्थिती रहेका थियो। जसमध्ये २६ जनाले पङ्सेराको पक्षमा र १ जनाले विपक्षमा मतदान गरेको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए।

सोमबार उपस्थित २५ जना गाउँसभा सदस्यहरुले उक्त निर्णय सदर गरेकाले  अब उक्त निर्णय प्रदेश सरकारलाई बुझाउने र प्रदेश सरकारमार्फत संघीय सरकारलाई पठाउने अध्यक्ष बोहराले बताए। 

स्थानीयद्वारा विरोध जारी
गाउँसभाबाट २ तिहाई बहुमतले पङ्सेरामा केन्द्र बनाउने निर्णय भएकोमा केही स्थानीयले त्यसको विरोध गरेका छन्। विगतमा गाउँपालिकाको केन्द्र  वडा नम्बर ७ भानी गाउँमा रहेकोमा त्यसलाई यथावत राख्नुपर्ने भन्दै उनीहरुले विरोध गरेका हुन। 

नेकपा जिल्ला अध्यक्ष सुरेन्द्र पालको निर्देशनमा गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले पङ्सेरामै केन्द्र बनाउन चलखेल गरेको भन्दै आइतबार स्थानीले गोकुलेश्वरमा विरोध प्रर्दशन गरेका थिए।  आक्रोशित स्थानीयले ७ वडा रहेको गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ गरी ४ वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए।  

जनताको पक्षमा निर्णयनभएको भन्दै विरोध जारी राख्ने डिलाशैनी संघर्ष समितिका संयोजक जयराज जोशीले बताए। ‘एकजनाको निर्देशनमा भएको निर्णय जनतालाई कदापि स्विकार्य छैन’ उनले भने, ‘अब हामी त्यसको लागि कानूनी प्रक्रियामा जान्छौ।’

कमेन्ट लोड गर्नुस