सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्यास वितरणमा असहयोग गरे सेनाप्रहरी लगाउँछौं, लाइसेन्स खारेज गर्छौः मन्त्री भट्ट

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र ३, ०३:४० खबर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलले व्यवसायीले ग्यास वितरणमा असहयोग  गरे सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। सोमबार ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा उनले यस्तो चेतावनी दिएका हुन्।

मन्त्री भट्टले तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउने बताए।

मन्त्री भट्टले उपभोक्तालाई सहज रुपमा ग्यास वितरण गर्ने काममा मन्त्रालय, निगम वा सरकारी कुनै संयन्त्रले असहयोग गरेको भए आफूलाई भन्नसमेत आग्रह गरेका छन्। 

कमेन्ट लोड गर्नुस