सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नो होटललाई अस्पतालमा परिणत गर्दै रोनाल्डो

२०७६ चैत्र ३, ०५:५५

पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन्। इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि रोनाल्डोले आफ्नो ‘पेस्टाना सीआर ठ’ होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन्। पाँच पटक बलोन ‘डि’ ओर जितेका समाजसेवीका रुपमा पनि चिनिन्छन्।

रोनाल्डोको होटेललाई केही दिनमा नै अस्पतालमा रुपान्तरण गरिने बताइएको छ भने अस्पतालमा भर्ना हुने सम्पूर्ण बिरामीको उपाचार समेत निःशुल्क गरिने बताइएको छ। अस्पतालमा कार्यरत डाक्टरलाई पारिश्रमिक समेत रोनाल्डो आफैँले दिने भएका छन्। युभेन्टसका डिफेन्डर रुगानीमाथि कोरोना पोजेटिभ भेटिएपछि रोनाल्डोमाथि पनि कोरोनाको आशंकामा परीक्षण गरिएको थियो। तर उनीमाथि कोरोना नभएको पुष्टि भैसकेको छ। उज्यालो अनलाईनबाट
 

कमेन्ट लोड गर्नुस