सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भालुको आक्रमणबाट एकजना घाइते

२०७६ चैत्र २, ०६:४० खबर संवाददाता

डोटी: डोटीमा भालुको आक्रमण एक जना घाइते भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका– ९ कलेनाको खेतकाट्टे बस्ने ७५ वर्षीय धनीदेवी साउदलाई भालुले आक्रमण गरि घाइते बनाएको हो।  

साउदलाई दिउँसो १२ बजेको समयमा घरको आगनमै बसिरहेको बेला भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिल्ला अस्पताल डोटीमा उपचार हुन नसकेपछि साँउदलाई धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस