हेभेन्स मन्टेश्वरी धनगढीको छैठौं वार्षिकोत्सव सम्पन्न
धनगढीः हेभेन्स मण्टेश्वरी एण्ड चिल्डे«न हाउसको छैठौं वार्षिकोत्सव सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ चौराहमा रहेको हेभेन्स मन्टेश्वरीले छैठौं बार्षिकोत्सव सम्पन्न गरेको हो।
२०७० सालमा स्थापना भएको मन्टेश्वरी शिक्षा दिदै आएको विद्यालयले यसपालीको वार्षिकोत्सव आफ्नै नवनिर्मित भवनमा मनाएको हो। विद्यालयकी प्रिन्सिपल इर्शा शर्माको अध्यक्षतामा भएको कार्यक्रमकी प्रमुख अतिथि दृष्टि फाउण्डेसकी सञ्चालिका कल्पना भट्ट रहेकी थिईन्। वार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरुको दिशान्त समारोह समेत आयोजना गरिएको थियो।
सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृति प्रस्तुतीहरु देखाएका थिए। वार्षिकोत्सवमा पढाई र खेलकुदमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो। यस्तै विद्यालयले वार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिकहरुलाई खाना समेत खुवाएको छ।
विद्यालय नजिकै रहेको राम जानकी मन्दिरमा रहेका ३५ जना जेष्ठ नागरिकहरुलाई विद्यालयमै वोलाएर खाना खुवाईएको हो। पिजीदेखि युकेजीसम्म सञ्चालित हेभेन्स मण्टेश्वरी एण्ड चिल्डे«न हाउसले गुणस्तरीय शिक्षासँगै वालवालिकाहरुको व्यक्तीत्व विकासमा विशेष ध्यान दिईरहेको विद्यालयका संस्थापक विवेक शर्माले जानकारी दिए।