सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा चट्याङ लागेर एक बालिकाको ज्यान गयो

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र १, ०५:५२ खबर संवाददाता

बैतडी: बैतडीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका– २ टाँडीखर्ककी १२ वर्षीया निर्मला मडै रहेकी प्रहरीले जनाएको छ।

शनिबार दिउँसो ४ बजेतिर गाईगोरु चराएर घर फर्कदै गरेको अवस्थामा निर्मलालाई चट्याङ लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अशोक पालले बताए। 

कमेन्ट लोड गर्नुस