धनगढीमा बस र कार ठोक्किएर दुर्घटना
२०७६ चैत्र १, १२:२९
धनगढीमा बस र कार ठोक्किदा दुर्घटना भएको छ। निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक खण्डको चटकपुरमा अत्तरियाबाट धनगढीतर्फ आईरहेका ना ५ ख ६२६७ नम्बरको बस र प्रदेश ३०१, ०२३ च २०२७ नम्बरको कार एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।
दुर्घटनामा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। यद्यपी कारको अगाडीको भागमा समान्य क्षती पुगेको छ। बस चालक फरार रहेका छन्। बसमा यात्रु भने नरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस