सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा जोशीले गरे आमाको माया छात्रवासलाई सहयोग

२०७६ फाल्गुन ३०, ०६:३६ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ६ बस्ने भक्तराज जोशीले आमाको माया छात्रवासमा आफ्नो जन्मदिन मनाएका छन्। धनगढीको रेडियो डेलिमेलमा आवद्ध जोशीले शुक्रबार आफ्नो जन्मदिन आमाको माया छात्रवासमा मनाएका हुन्। 

उनले आमाको माया छात्रवासमा आश्रय लिइरहेका ३१ जना विद्यार्थीहरुको लागि शैक्षिक समाग्रीहरु कपि, डटपेन सहयोग गरेका छन्। साथै उनले जन्मदिनकै अवसरमा कोरोना भाईरसको संक्रमणबाट जोगिन माक्ससमेत वितरण गरिएको बताए। 

त्यस्तै जोशीले छात्रवासमा बस्ने ३१ जना विद्यार्थीहरु खाजा स्वरुप एक पेटी चाउचाप र तीन केजी चिउरा समेत हस्तान्तरण गरेका छन्।  

कमेन्ट लोड गर्नुस