सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन्दर सुदूरपश्चिम यातायात प्रालीद्वारा धनगढी–काठमाडौँ स्तरीय एसी बस संञ्चालन

२०७६ फाल्गुन ३०, ०६:१७ खबर संवाददाता

धनगढी: सुन्दर सुदूरपश्चिम यातायात प्रालीले धनगढी–काठमाडौँ रुटमा स्तरीय एसी बस संञ्चालनमा ल्याएको छ। प्रालीले शुक्रवार धनगढी बसपार्कमा स्तरीय एसी बसको शुभारम्भ गरेको हो।

धनगढी–काठमाडौं बसमा यात्रा गर्दा हरेक दिन एकजना ज्येष्ठ नागरिकलाई निःशुल्क टिकट उपलब्ध गराउने सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदमराज सापकोटाले बताए। प्रालीले धनगढीमा आयोजना गरेको स्तरीय एसी बसको शुभारम्भ कार्यक्रममा नै प्रत्येक दिन एक जना ज्येष्ठ नागरिकलाई निःशुल्क टिकट उपलब्ध गराउने घोषणा गरिएको हो।

स्तरीय एसी बस सेवा शुभारम्भ कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्टिय महासंघ वरिष्ठ उपाध्यक्ष बिजय स्वार, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष दीपक थापा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश संयोजक टेकराज जोशी लगायतको उपस्थिती रहेको थियो। सात वटा बसबाट सेवा सुरु गरेको प्रालीसंग अहिले ६ सयको हाराहारीमा बस रहेका छन्।

कमेन्ट लोड गर्नुस