सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरसका कारण आइपिएल १५ दिन सर्यो

२०७६ फाल्गुन ३०, ०४:३२ खबर संवाददाता

कोरोनाभाइरस संक्रमणको जोखिमका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औं संस्करण १५ दिन पर धकेलिएको छ।

आगामी मार्च २९ बाट सुरू हुने तय भएको लिग अप्रिल १५ सम्मका लागि स्थगित भएको ‘बिसिसीआई’ ले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।

‘हामी सम्पूर्ण खेल पदाधिकारी र दर्शकको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्छ। यसको लागि हामी सरकार र सबै निकायसँग समन्वय गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ।

शुक्रबार बसेको बोर्डको छलफलले निर्धा्रित समयमै आइपिएल गर्दा विदेशी खेलाडीहरूको भिसा प्रकृयालाई असर गर्ने निश्कर्ष निकालेको थियो। अप्रिल १५ देखि लिग सुरू गर्दा विदेशी खेलाडीहरूको भिसा प्रकृयाको लागि समय पुग्ने भन्दै बोर्डले लिगको मिति सारेको हो।
 

कमेन्ट लोड गर्नुस