सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा युवाहरुबिच झडप : एकजना घाईते, तीन पक्राउ

२०७६ फाल्गुन ३०, ०८:५४ खबर संवाददाता

धनगढी : धनगढीमा युवाहरुबिच झडप हुँदा एकजना घाईते भएका छन्। बीहिबार साझ धनगढीको रातोपुल स्थित निर्माण व्यवसायी संघको गेट नजिकै चार जना युवाबिच झडप हुँदा उपमहानगरपालिकाको वडा नम्बर ३ बस्ने २३ वर्षीय अंकित पन्त घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले यसअघि भएको विवादलाई लिएर चार जना बिच झडप भएको बताए। घाईते चन्दको नाकमा चोट लागेकोमा माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ।

झडपमा संलग्न धनगढी उपमहानगरपालिका वडा नम्बर ३ कै २८ वर्षीय मिलन खत्री, २३ वर्षीय केशव खत्री र २१ वर्षीय प्रयास शाहीलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।

उनका अनुसार बीहिबार नै केशव खत्रीले बिना कारण आफूमाथि कुटपिट गरी धनजनमा समेत क्षती पुगाएको भन्दै घाईते अंकित पन्त विरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा ठाडो निवेदन दर्ता गराएका थिए। प्रहरीले चन्दको खोजी गरिरहेका बेला फेरी दुई पक्षबिच झडप भएको हो। 

कमेन्ट लोड गर्नुस