Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

दार्चुलामा नमूना जनगणना गरिने

२०७६ फाल्गुन २९, ११:४४
अ+

दार्चुलामा आगामी चैत ९ देखि २३ गतेसम्म दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने भएको छ। त्यसका लागि दार्चुलाका तीन स्थानीय तहका चार वटा वडामा गरिने छ।

तथ्याङ्क कार्यालय दार्चुलाका कार्यालय प्रमुख पदमराज पाण्डेका अनुसार महाकाली नगरपालिकाको वडा नम्बर २ का १६१ र वडा नम्बर ९ को २०५ घरधुरीमा नमूना गणना गरिनेछ। लेकम गाउँपालिकाको वडा नम्बर ६ का १६५ तथा अपी हिमाल गाउँपालिकाको वडा नम्बर ६ को १३३ घरधुरीमा नमूना जनगणना गरिने पाण्डेले बताए।

जनगणनामा पूरै वडा समेटिएको छैन। वडाभित्रका गणना क्षेत्र तोकेर नमूना जनगणना गर्न लागिएको कार्यालय प्रमुख पाण्डेको भनाइ थियो। सरकारले आगामी २०७८ जेठ २५ दखि असार ८ गतेसम्म देशभर जनगणना गर्दैछ। ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित हुन गइरहेको जनगणनालाई आधार मानी नमूनाका रुपमा अहिले तयारी थालिएको उनले बताए। जनगणनाका लागि जिल्लामा चार जना गणक छनोट गरी तालीममा सहभागी गराइएको छ। नमूना जनगणना हरेक प्रदेशबाट २ जिल्लामा गरिँदैछ। रासस
 

Skip Ad