सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बलात्कार आरोपीलाई कैद र क्षतिपूर्ति

२०७६ फाल्गुन २७, ०८:३४

जिल्ला अदालत अछामले छुट्टाछुट्टै घटनाका बलात्कार आरोपीलाई दोषी ठहर गर्दै कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएको छ।

न्यायाधीश नवीनकुमार जोशीको इजलासले गत साउन महिनामा एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पञ्चदेवल  विनायक नगरपालिका–६ तोलीका ४० वर्षीय मोहनबहादुर रावललाई सात वर्ष छ महिना कैद र  दुई लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार प्रेमप्रकाश थापाले जानकारी दिए।

नेपाली काँग्रेसका वडा सभापतिसमेत रहेका रावल राति घरमै आएर बलात्कार गरेको भन्दै पीडित महिलाले साउन महिनामै प्रहरीमा उजुरी दिएकी थिइन। उजुरी परेपछि रावललाई गत साउन १७ गते प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो।

महिलाका श्रीमान् भारतमा रहेको अवस्थामा उनीमाथि बलात्कार भएको जनाइएको छ।   

यस्तै १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका साँफेबगर नगरपालिका–३ का ३९ वर्षीय हीरण्डबहादुर कुँवरलाई नौ वर्ष कैद र १० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ। गत भदौमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमाले किटानी जाहेरीसहित प्रहरीमा उजुरी दिएकी थिईन्। रासस
 

कमेन्ट लोड गर्नुस