सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा होली खेल्दा उच्छृङ्खल गतिविधि गर्ने ९३ जना पक्राउ

२०७६ फाल्गुन २७, ०६:३८ खबर संवाददाता

कैलालीमा होली पर्व मनाउँदा उश्रृङखल गतिविधि गर्ने ९३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाभरी होली मनाउँदा उश्रृङखलर गतिविधि गर्ने ९३ जनालाई पक्राउ गरिएको हो। सो क्रममा ५५ मोटरसाईकल, ५ वटा अटो रिक्सा, एक/एक कार र बस गरी ६२ वटा सवारी साधन पनि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

पक्राउ परेकाहरुलाई घटनाको गाम्भिर्यता हेरेर मुद्धा चलाउने वा आफन्तको जिम्मा लगाउने भन्ने विषयमा अनुसन्धान भईरहेको उहाँले बताए। ‘पक्राउ परेका मध्ये अधिकासं मापसे गरेर सवारी सञ्चालन गरेका छन्। उनीहरुलाई सोही अनुसार कारवाही हुन्छ।’ उनले भने। 

हिजो पहाडी र हिमाली क्षेत्रमा होली पर्व मनाईएकोमा आज कैलाली र कञ्चनपुर सहित तराई क्षेत्रमा होली पर्व मनाईदै छ। परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात् फागु पर्व मनाउने चलन छ। तर यस बर्ष कोरोना भाईरसको सन्त्रासका कारण सरकारले नै होली विशेष कार्यक्रमको आयोजना गर्न रोक लगाएको थियो। 
 

कमेन्ट लोड गर्नुस