सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा नक्कली शैक्षिक प्रमाण पेश गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा

२०७६ फाल्गुन २७, ०२:३४ खबर संवाददाता

डडेल्धुरामा नक्कली शैक्षिक प्रमाण पत्र पेश गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा दर्ता भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिकाको भुमिराज प्राथमिक विद्यालय बडममा प्रधानाध्यापक पदमा कार्यरत राहात शिक्षक कलावतीदेवी अवस्थी उपर नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी लाभ लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।  

कलापति कुमारी शर्मा भन्ने उनले कलापति देवी अवस्थीको नामबाट शैक्षिक योग्यताका प्रमाण पत्र नक्कली रहेको भन्दै परेको उजुरीमाथि छानविन गर्दा पुष्टि भएकाले कारवाहीको माग सहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

उनले माध्यामिक शिक्षा परिषद क्षेत्रीय कार्यालय, इलाहाबाद भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली झुठ्ठा शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी २०५७ सालको मंसिरदेखि भुमिराज प्राथमिक विद्यालयको निजी स्रोतमा र मिति २०६१ सालको पुषमा राहत दरबन्दीमा नियुक्ति भई सरकारी सुविधा एवं लाभसमेत लिएको अख्तिउारको ठहर छ।

अवस्थीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन माग गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस