सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाईरसः रोकिए एसिया र विश्वकप छनोटका खेल

२०७६ फाल्गुन २६, १०:४७

फिफा र एएफसीले यही मार्च र जुनमा हुने कतार विश्वकप र एसियाकप छनोटका खेल रोक्ने निर्णय गरेका छन्। कोरोना भाइरको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै एएफसी र फिफाले सदस्य राष्ट्रहरूको आग्रह स्वीकार्दै खेल रोक्ने निर्णयमा पुगेका हुन्।

फिफाले एक विज्ञप्ति निकाल्दै भनेको छ ‘एसियाका सदस्य देशहरूसँगको छलफलपछि हामी ९फिफा र एएफसी० आउँदै गरेको एसियन छनोट र फिफा विश्वकप छनोट २०२२ रोक्ने निर्णयमा पुगेका छौं।’ यसैबीच फिफाले सदस्य राष्ट्रहरू छनोट खेल्नका लागि एक अर्काविरुद्ध सहमत भएमा र सुरक्षाको हिसाबले फिफा र एएफसीलाई मन्जुर भएमा अनुमति दिन तयार रहेको समेत जनाएको छ।

यसअघि फिफा र एएफसीलाई सदस्य राष्ट्रहरूले बढ्दो कोरोना संकटका कारण खेल रोक्न आग्रह गरेका थिए। एएफसी र फिफाले पनि एक बैठक गर्दै सबै राष्ट्रलाई के गर्ने भन्ने बारे कन्फर्मेसन माग गरेको थियो। सोही अनुसार सोमबार फिफाले एक निर्णय गरेको हो। छनोट प्रतियोगिता मार्च २६ र ३१ तथा दोस्रो अन्तर्राष्ट्रिय ब्रेकपछि जुन ४ र ९ मा गर्ने कार्यतालिका रहेको छ।

त्यस्तै फिफा र एएफसी तुर्किमिनस्तानमा हुने फुटसल एएफसी फुटबल च्याम्पियनसिप समेत रोक्न सहमत भएका छन्। फिफा र एएफसीले अवस्थाको मूल्यांकन गर्दै रोकिएका खेलहरूको नयाँ मितिपछि सार्वजानिक गर्ने भनेको छ। 

कमेन्ट लोड गर्नुस