सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा निजि शिक्षकको पारीश्रमिक व्यवस्थापन गर्न होली

२०७६ फाल्गुन २६, ०९:२७ खबर संवाददाता

बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ स्थित शिद्धेश्वर मावि हुक्केडाडाले होलीबाट १ लाख बढी आर्थिक रकम संकलन गरेको छ। हुल हुज्जत नहुनेगरी विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुको उपस्थितीमा होली खेलेको विद्यालयले जनाएको छ।

निजि शिक्षकहरुको पारीश्रमिक प्रदान गर्नको लागि बाध्य भएर विद्यालयले होली खेलेको विद्यालयका प्रधानाध्यापक बहादुर सिंह महराले जानकारी दिए। विद्यालय सेवा क्षेत्रभित्र मात्रै खेलिएको होली मार्फत १ लाख २० हजार ४ सय ८४ रुपैया संकलन भएको विद्यालय ब्यवस्थान समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिए।

उक्त रकम विद्यालयमा कार्यरत निजि शिक्षकहरुको पारीश्रमिक प्रदान गर्न सहज हुने उनको भनाई छ। माध्यामिक तहसम्म पढाइ हुने उक्त विद्यालयमा १० जना शिक्षक निजि श्रोतमा कार्यरत रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस