सुदूर नेपाललाई विश्वसँग जोड्दै

एभर्टनमाथि चेल्सीको सहज जित

२०७६ फाल्गुन २६, ०५:४७ खबर संवाददाता

इंग्लिस प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई चार शून्यको अन्तरले हराएको छ। घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले सुरुवातदेखि नै राम्रो खेलेको थियो। खेलको १४ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। २१ औं मिनेटमा पेन्द्रोको गोलले चेल्सी दुई शून्यले अगाडि रहेको थियो। पहिलो हाफमा दुई गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा पनि दुई गोल ग¥यो।

५१ औं मिनेटमा विलियमले गोल गर्दै टीमलाई तीन शून्यले अगाडि राखे। ५४ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै टिमलाई चार शून्यको अग्रता दिलाए। एभर्टन खेलमा फर्कन नसकेपछि चेल्सीले सहज जित निकाल्यो। यो जितपछि चेल्सीले २९ खेलमा ४८ अङ्क बनाएको छ। १२ औं स्थानको एभर्टनको ३७ अङ्क छ। यो जितले चेल्सीले शीर्ष चारमा रहने संभावना पनि बलियो बनाएको छ।
 

कमेन्ट लोड गर्नुस