सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा आफ्नै घरमा रोकेर राखेको मोटरसाईकल चोरी

२०७६ फाल्गुन २५, ०६:३६ खबर संवाददाता

डोटी: डोटीमा एक जनाको मोटरसाईकल चोरी  भएको छ। डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने गिता भट्टको नाममा रहेको मोटरसाईकल चोरी भएको हो।

शनिबार राति बुडरको मिल चौराहास्थित घर बाहिर ग्यालेरीमा राखेको से७प ७८७७ नम्बरको मोटरसाईकल चोरी भएको चालक रोहित भट्टले बताए।

उनले घटनाबारे प्रहरीमा जानकारी दिइसकेको समेत बताए। 

कमेन्ट लोड गर्नुस