सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट छुटेको जिप बैतडीमा दुर्घटना : चालकको मृत्यु, ६ घाईते

२०७६ फाल्गुन २५, ०७:०४ खबर संवाददाता

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन्। जिल्लाको पाटन नगरपालिका ६ पनतोलीमा आज बिहान धनगढीबाट दाुर्चला जादै गरेको अनटेष्ट जिप दुर्घटना हुदा चालक दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिह बडालको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेयले बताए।

पाण्डेका अनुसार दुर्घटनामा परी ६ जना घाईते भएका छन्। घाईते हुनेमा दार्चुला दुहुकै ३८ वर्षीय हरक सिंह बडाल, २३ वर्षीय सुरेन्द्र बम, ४१ वर्षीय धन राज जोशी , २० वर्षीया हेमन्ती बम, ४१ वर्षीय प्रेम बल्लब जोशी र २२ वर्षीय द्रोपती जोशी रहेका छन्।

उनीहरु मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।  उनीहरुको जिल्ला अस्पतालमा उपचारपछि अन्यत्र रेफर गर्ने तयारी भईरहेको छ। जिप सडकबाट दुई सय ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस