कैलालीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु, दुई घाईते
धनगढी: कैलालीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ३ मा पश्चिमबाट पूर्वतर्फ गईरहेको से७प ९११८ मोटरसाईकलको ठक्करबाट पैदल यात्री स्थानीय ५५ बर्षीय लोकवहादुर खत्रीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भिर घाईते भएका खत्रीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्ष दक्षकुमार बस्नेतले बताए।
मोटरसाईकल चालक गौरीगंगा नगरपालिका वडा नम्वर ७ का २१ बर्षीय अशोक चौधरी र मोटरसाईकलमा सवार धनगढी उप–महानगरपालिका वडा नम्वर ६ का १८ बर्षीय राजेश चौधरी पनि घाईते भएका छन्।
उनीहरु दुबै जनाको उपचार भईरहेको छ भने मोटरसाईकल नियन्त्रणमा लिईएको छ।