सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी राजपुरा दोस्रोपटक मदन भण्डारी रोड रेसको च्याम्पियन

२०७६ फाल्गुन २४, ०७:०९ खबर संवाददाता

कैलाली: काठमाडौंमा भएको दोस्रो मदन भण्डारी रोड रेसमा कैलालीकी राजपुरा पछाई महतरा) दोस्रो पटक च्याम्पियन भएकी छन्। शनिबार काठमाडौँको ठमेलस्थित मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको रोड रेसमा राजपुरा च्याम्पियन बनेकी हुन्। 

पाँच किलोमिटर रोड रेसको प्रथम हुँदै उनले नगद २५ हजार पुरस्कार प्राप्त गरेको आयोजक मदन भण्डारी स्पोर्ट एकेडमीले जनाएको छ। गतवर्ष भएको प्रतियोगितामा पनि राजपुरा प्रथम भएकी थिइन। उनी आठौँ राष्ट्रिय महिला म्याराथनकी स्वर्ण विजेता समेत हुन्। 

पहिलो संस्करणमा सन्तोषी श्रेष्ठ र दोस्रो संस्करणमा सकुन्तला ठगुन्नालाई हराउदै महिला तर्फ राजपुरा प्रथम भएकी हुन्। त्यस्तै प्रतियोगितामा दोस्रो पनि सुदूरपश्चिमकी सकुन्तला ठगुन्ना भएकी छिन्। 

त्यस्तै पुरुषतर्फ अजीत कुमार यादव प्रथम र प्रकाश ऐर दोस्रो तथा सन्तोष नाथ तेस्रो भएका छन्। विद्यार्थी पुरुषमा नारायणकुमार कुसुवा, विद्यार्थी महिलामा सरस्वती बोहरा, भेट्रानमा धर्म महर्जन प्रथम भएका छन्। 

प्रतियोगितामा तीन सयको सहभागिता रहेको आयोजकले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस