सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा दुईजना मृत अवस्थामा फेला

फाइल फोटो
फाइल फोटो
२०७६ फाल्गुन २४, ०२:२६ खबर संवाददाता

बैतडी: बैतडीमा दुईजना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको मलौली नगरपालिकाका कार्यालय सहयोगी ४४ वर्षीय शुक्रराज भट्ट शिवनाथ गाउँपालिका – साउगाडामा शनिबार बिहान मृत अवस्थामा फेला परेका छन्।

मृतक भट्टले शुक्रबार मदिरा सेवन गरेको बुझिन आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले बताए। 

त्यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका– २ का ५६ वर्षीय मीनबहादुर पाल पनि शनिबार बिहान मृत फेला परेका छन्।  उनी बैतडीको डिलाशैनी गाउँपालिका– ३ बगडीमा सडक छेउमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। उनको पनि मदिरा सेवनबाट ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान छ।

 दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस