गन्यापधुरा गाउँपालिका अध्यक्षप्रति पुर्वाग्राही ढंगले समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति
डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लप्रति पुर्वाग्राही ढंगले समाचार सम्प्रेषण गरेको भन्दै नेपाली कांग्रेस डडेल्धुराले आपत्ति जनाएको छ।
एक विज्ञप्ति निकाल्दै कांग्रेसले मुक्त हलिया पुर्नस्थापनाका लागि आएको रकम अन्य शीर्षकमा खर्च गरिएको भनेर संचारमाध्यमले पुर्वाग्राही ढंगले समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएको हो। कांग्रेस डडेल्धुराले हलिया घटनाप्रति आफ्नो ध्यानआकर्षण भएको र त्यसमा अध्यक्ष कुनै दोष नरहेको समेत प्रष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ – ‘नेपाली कांग्रेसबाट निर्वाचित गन्यापधुरा गाउँपालिका अध्यक्ष नबलबहादुर मल्ललाई गन्यापधुरा गाउँपाललिका अन्तरगत हलियाका नाउमा आएको रकम दुरुपयोग गर्यो भनेर संचारमा सम्प्रेषण गर्ने र अख्तियारमा उजुरी दिने कार्यप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ।’
साथै कांग्रेस डडेल्धुराले गन्याधुरा गाउँपालिकाले हलियाको नामम अन्तीम समयमा रकम आएको छ उक्त रकम खर्च गर्न नसकिएका कारण उक्त रकम सरकारकै संचित कोषमा जम्मा गरिएको समेत प्रष्ट पारेको छ। कांग्रेस डडेल्धुराका पार्टी सभापति कर्णबहादुर मल्लद्वार हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘गन्यापधुरा सरकारले अन्तिम अवस्थामा केन्द्रबाट आएको रकम मुक्त हलियाको पक्षमा सदुपयोग गर्न प्रचुर प्रयत्न गर्दा गर्दैपनि समय अभावका कारण सो रकम बाध्यात्मक परिस्थितीबाट नेपाल सरकारको संचित कोषमा जम्मा गरिसकेको प्रमाण हुँदैपनि कपोकल्पित र पुर्वाग्राही ढंगले समाचार सम्प्रेषण गरेको प्रति घोर भत्र्सना गर्दछौ साथै चुनौती दिन चाहान्छौ की यस्ता क्रियाकलापमा संलग्न व्यक्ति, समुह र जुनसुकै पार्टीलाई।’
साथै कांग्रेसले डडेल्धुरामा नेकपा नेतृत्वका स्थानीय सरकारले समृद्धीको नाममा रकमको दुरुपयोग तथा कार्यकर्ता पालिरहेको समेत दावी गरेको छ। ‘डडेल्धुराका वामपन्थी नेतृत्व गरेको स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारको रकम जसरी डडेल्धुरावासीको समृद्धीको नाममा दुरुपयोग भइराखेको छ। सयौं योजनाहरुको नाममा कार्यकर्ता पोस्ने काम भइराखेको छ। यस्ता घटनाको अनुसन्धानतिर लागि दिन हुन हार्दिक अपिल गर्न चाहान्छौ’ विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै कांग्रेस डडेल्धुराले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विषयलाई लिएर गन्यापधुरा गाउँपालिका अध्यक्षको प्ुत्दा दहन गरेको घटनाका विषयमा अर्मयादित शब्द प्रयोग गरेर समाचार बनाइएकोप्रति आपत्ति जनाएको छ।
‘गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लको पुत्ला बनाइ अमर्यादित र अछम्य शब्दहरु प्रयोग गरि संचारका माध्यममा सम्प्रषण गरेको र यो घटनाप्रति नेपाली कांग्रेस डडेल्धुराको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता निन्दनिय घटनाका प्रति हामी घोर भत्र्सना गर्दछौ’ विज्ञप्तिमा भनिएको छ।