सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा डेढ करोडको योजनामा कांग्रेसका गाउँपालिका अध्यक्षले दिए, ९ लाख घुस !

२०७६ फाल्गुन २३, ०३:३४ खबर संवाददाता

बाजुरा : बाजुरामा नेपाली कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्षले डेढ करोड  बढिको योजनामा निर्माण व्यवसायीलाई मनाउन ९ लाख घुस दिन राजी भएको पाईएको छ। जिल्लाको हिमाली गाउँपालिकाका गोविन्दबहादुर मल्ल र निर्माण व्यवसायी संघका अध्यक्ष विनोद शाहीबिच भएको घुस बार्गेनिङकको अडियो सार्वजनिक भएपछि यो कुरा बाहिरिएको हो।

झण्डै एक करोड ६९ लाख लागत अनुमान गरिएको हिमाली गाउँपालिका ४ फैतीको शैलेश्वरी प्राविधिक विद्यालयको भवनमा जिल्लाका असन्तुष्ट निर्माण व्यवसायीलाई ९ लाखमा मिलाएर निकटका व्यक्तिलाई ठेक्का पार्ने मनसाय अनुसार अध्यक्षले घुसको मोलमोलाई गरेको आरोप छ। सार्वजनिक भएको अडियोमा अध्यक्ष मल्लले भनेका छन्, ‘एक करोड भित्रकै हिसाबले तपाईहरुले सल्लाह गरिदिनुस्, होईन् पूरैको हो भने हिसाब किताब गरेर काम गरिदिनु होला।’

लगत्तै बोलेका अर्का व्यक्तिले भनेका छन् ‘त्यो त धेरै ठुलो।’ अध्यक्षले सम्झाउदै यर्थाथमा बजेट नै त्यती भएको उल्लेख गरेका छन्। ‘दुईचार पैँसाका लागि तपाईहरुसँग म चाँही झुठा कुरा बोल्दैन्, केन्द्रकै बजेट सिलिङ छ हामीले गाउँपालिकाबाट एक रुपैँया पनि हालेका छैनौँ।’ अडियोमा अध्यक्ष मल्ल भन्छन्। निर्माण व्यवसायी संघका अध्यक्ष शाहीले मिलेमतो हुने कुरामा व्यवहारिक कुरा हो। भन्दा मल्लले सहमती जनाएका छन्।

फेरी निर्माण व्यवसायी संघका अध्यक्ष शाही भन्छन, ‘ मिलेमतो हुने प्रक्रियामा त्यो व्यवहारिक कुरा हो, कती खाने ? के गर्ने भन्ने  कुरा व्यवहारिक हो। भवनको जिल्लादेखि सबै ठाउँमा ८ प्रतिशत मागेका छौँ। ८ देखि १० प्रतिशत भन्ने. गरेका छौँ।’ बार्गेनिङकका क्रममा उनले अगाडी थपेका छन्।

‘अब यहाँ ६९ लाखको कुरो रह्यो, हजुरसंग क्रमागत बजेट त्यति रह्यो(एक करोड) ६९ लाख पछि आउने भयो।’ तर शाहीलाई रोकेर बोलेका गाउँपालिकाका अध्यक्षले संघको सर्शत अनुदान जस्तो पैँसा हो, ‘क्रमागत भनेर उसले हालेको छै्न्। प्राविधिक शिक्षालयको भवन निर्माण भनेर उसले एक करोड हालेको छ भोली हाल्छ पनि सक्छ, अधुरो रह्यो भनेर हामीले पेश गरुला दिन पनि सक्छ नदिन पनि।’

‘मैले तपाईहरुसँग गरेको अनुरोध हो, यथर्थ यही हो भनेर यति कुरा भनीहाले, तपाईहरुले मिलाउनु हुन्छ भने मिलाउनुस नमिलाउने भए मानेन भन्नुस् कुरा सिध्धीयो, त्यही त हो धेरै लामा कुरा गरीकन के गर्नु छ र?’ गाउँपालिका अध्यक्षको यो कुरा सुनेपछि निर्माण व्यवसायी संघका अध्यक्ष १० प्रतिशत अथवा १० लाखको प्रस्ताव गर्छन्।

फेरी अध्यक्ष मल्ल भन्छन्, ‘धेरै लामाचाक्ली कुरा नगरौँ ९ लाख रुपैँया म छोडेर जान्छु,’ भन्दा निर्माणका अध्यक्ष शाहीले असहमती जनाउँछन्। तर उनी ‘यो भन्दा बढि कुरै नगरौँ राजा म हिडे भन्दै निस्कन खोजेको अडियोमा सुनिन्छ।’

जादाजादै अध्यक्ष थप्छन्, ‘यो भन्दा अगाडी कहिले भनेको छु मैले हजुरसँग, भेटघाट आज भयो यती कुरा त मानीदिनुप¥र्यो नी तपाईहरुले।’  उनले भने,‘७ प्रतिशतको दरले एक लाखको ७ लाख हुन्छ तर दुई लाख अरु थप्या, कहाँ कहाँ कसरी मिलाउनुहुन्छ तपाईहरु आफै मिलाउनुस्।’

म माथि षडयन्त्र भयो–गाउँपालिका अध्यक्ष मल्ल

सार्वजनिक भएको अडियो सुन्दा, बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले निर्माण व्यवसायी संघको अध्यक्षलाई ९ लाख दिएर त्यहाँबाट हिडेको जस्तो सुनिन्छ। तर गाउँपालिकाका अध्यक्ष मल्लले त्यो अडियो आफ्नै भएको स्वीकार गरेका छन् र ९ लाख घुस दिएको कुरा अस्वीकार गरेका छन्।

दिनेश खबरसंगको कुराकानीमा उनले भने, ‘जिल्लाभरी नै त्यसरी ठेक्का लिदै आएको भनेपछि मैले कुरा गरेकै हुँ।’ ‘सुरुमा उहाँहरुले १३ लाख माग्नुहुन्थ्यो तर मैले १३ सकिदैन् ९ सम्म गर्न सकिन्छ भने, तर पैँसा दिएको छैन्।’ तर उनले आफूलाई सुनियोजित तरिकाले फसाउने काम भएको आरोप लगाएका छन्। र आफूमाथि षडयन्त्र भएको दावी मल्लको छ। 

की ठेक्का लिने हो की खाने हो –निर्माण व्यवसायी संघका अध्यक्ष शाही 

यता, निर्माण व्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीले पनि उक्त अडियोमा बोल्ने अर्को व्यक्ति आफू भएको बताएका छन्। शाहीले व्यवसाय गरेर खाने मान्छे भएका कारण की ठेक्का लिने की खाने कुरा साँचो भएको बताए। ‘निर्माण व्यवसायी हौँ, ठेक्का खुलेपछि सबै ठाउँ जान्छौँ नै।

हामीले त पूरै रेटमा काम गर्ने खोज्ने हो। त्यसरी काम पनि गुणस्तरीय हुन्छ।’लिने दिने भन्ने चलन निर्माणको क्षेत्रमा विश्वव्यापी रुपमा चल्दै आएको उनले जनाए।  ९÷१० जनाको बिचमा भएको कुराकानीको अडियो कसले बाहिर ल्यायो भन्ने कुरा आफूलाई जानकारी नभएको शाही बताउँछन्। 
 

 

कमेन्ट लोड गर्नुस