सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द

२०७६ फाल्गुन २३, ०१:२४ खबर संवाददाता

एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ। थाइल्याण्डको बैंककमा आज उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो। खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन्।

सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थानमा कायम रही एशिया कप छनोटका लागि स्थान बनाएको छ। प्रतियोगिताको शीर्ष दुई टोलीले एशिया कप छनोट खेल्न पाउने प्रावधान छ। हङकङ र मलेसियाबीच हुने अर्को खेलको विजेता टोलीले एशिया कप छनोटका लागि स्थान बनाउने छ।

नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ। रासस 

कमेन्ट लोड गर्नुस