सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली पासपोर्ट बोकेको आरोपमा फुटबलर रोनाल्डिन्हो पक्राउ

। फोटो स्रोत ।
२०७६ फाल्गुन २३, ०९:०३ खबर संवाददाता

चर्चित ब्राजिलियन फुटबलर रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेका छन् । नक्कली दस्तावेज प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा उनी पक्राउ परेका हुन्। सन् २००२ को विश्वकप विजेता ३९ वर्षीय खेलाडीलाई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट भाइ रोबर्टोसँगै बुधबार राति पक्राउ गरिएको पाराग्वेको गृह मन्त्रालयले पुष्टि गरेको छ।

ला नासियोनका अनुसार उनी र रोबर्टो पाराग्वेन नागरिक बनेर होटलमा बसिरहेका थिए। पाराग्वेको प्रहरीका अनुसार रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीले निमन्त्रणामा पाराग्वे पुगेका थिए। उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका तय थियो। वातवरणीय जरिवानाका कारण हाल रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन। बार्सिलोनाका पूर्व स्टार र उनको भाइमाथि संरक्षित क्षेत्रमा रहेको गुआबिया तालमा गैराकानुनी रुपमा माछा मारेको अभियोगमा सजाय सुनाइएको थियो।

सन् २०१८ नोभेम्बरमा उनीहरुलाई ८५ लाख डलर जरिवाना सुनाइएकोमा दुवैले उक्त रकम तिर्न नसकेपछि रोनाल्डिन्होलाई देश छाड्न प्रतिबन्ध लगाइएको थियो। जसको कारण उनी ब्राजिलमा नै बस्न बाध्य बनेका थिए।

दक्षिण अमेरिका र युरोपमा सफल करियर बिताएका रोनाल्डिन्होले च्याम्पियन्स लिग, ला लिगा र सिरिए ए को उपाधि जितेका थिए। सन् २००५ मा उनले बालोन डि ओर जित्नुका साथै सन् २००४ र २००५ मा फिफा वर्ष खेलाडीको उपाधि पनि जित्न सफल भएका थिए। उनले सन् २००२ मा जापान र दक्षिण कोरियामा आयोजित विश्वकप जितेका थिए भने सन् १९९९ मा कोपा अमेरिकाको उपाधि पनि हात पारेका थिए।
 

कमेन्ट लोड गर्नुस