सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तिम खेलमा आज नेपाल सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै

२०७६ फाल्गुन २३, ०८:५९ खबर संवाददाता

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले शुक्रबार अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैछ।

अहिलेसम्म तीन वटा खेल खेलेको नेपालले दुईमा पराजित र एक खेलमा मात्रै जित निकाल्न सफल भएको छ। जसका कारण नेपालको शीर्ष दुईमा रहँदै एसिया कपको छनोट खेल्ने यात्रा भने टुङ्गिएको छ।

नेपाल मलेसिया र हङकङसँग पराजित भएको थियो भने घरेलु टोली थाइल्याण्डलाई पराजित गरेको थियो। शुक्रबार प्रतिष्ठाको रुपमा लिएको नेपाल र सिङ्गापुरबीचको खेल बिहान सवा ८ बजेदेखि सुरु हुनु पर्नेमा वर्षाका कारण अहिलेसम्म टस हुन सकेको छैन।

लगातार तीन खेल जित्दै शीर्ष स्थानमा रहेको सिङ्गापुर नेपालविरुद्ध पनि जित निकाल्दै अपराजित रहने लक्ष्यमा हुने छ। नेपाल भने सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेर फर्कने दाउमा छ। 
 

कमेन्ट लोड गर्नुस