सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका उद्योगी हमालद्धारा दुई महिने शिशुको उपचारका लागी एक लाख आर्थिक सहयोग

२०७६ फाल्गुन २२, ०८:५७ खबर संवाददाता

धनगढीका उद्योगी देवेन्द्र हमालले बैतडीका दुई महिने शिशुको उपचारका लागी एक लाख आर्थिक सहयोग गरेका छन्। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ६ का २ महिने शिशु शिवांश अवस्थीको उपचारका लागि दिनेश सोब इण्डस्ट्रीज र दिनेश कन्सर्न प्रालिका प्रबन्ध निर्देशक देवेन्द्र हमालले एक लाख आर्थिक सहयोग गरेका हुन्।

भारतको चेन्नइमा आफ्नै कलेजो दिएर महेश अवस्थीले छोराको उपचार गराईरहेका छन्। छोराको उपचारमा आर्थिक अभाव भएकाले सहयोग गर्न पनि उनले आग्रह समेत गरेका छन्।

हमालले गरेको सहयोग प्रति उनले कृतज्ञता व्यक्त गरे। शिवांश लाई सहयोगका लागीे महेशप्रसाद अवस्थीको एनसीसी बैंक बैतडीमा रहेको खाता नम्बर ०२०००००१६४४१०, बैतडीमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ३१०७०१०००९९४७ र नेपाल इन्भेष्टमेन्ट बैंक सतबाँझ बैतडीको खाता नम्बर ०६५०५०५२५४११३ रकम जम्मा गर्न आग्रह समेत गरीएको छ। 

कमेन्ट लोड गर्नुस