सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा चोरीको मोटरसाइकलसहित कञ्चनपुरका दुई युवक पक्राउ

२०७६ फाल्गुन २२, ०७:२५ खबर संवाददाता

धनगढी: डडेल्धुरामा चोरीको मोटरसाइकलसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाटाका २० वर्षीय वीरेन्द्र भट्टराई र १९ वर्षीय मोहन बिष्ट रहेका छन्।

फागुन २० गते कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का बिफलाल चौधरीको घरबाट मोटरसाइकल हराएको भन्ने खबरको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँबाट बिहीबार पक्राउ गरिएको हो।

उनीहरुको साथबाट से५प ७०७९ नम्बरको टिभिएस कम्पनीको १६० सिसिको रातो अपाची मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस