सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरसको प्रभावः सुदूरपश्चिम राजधानी कप स्थगित

२०७६ फाल्गुन २२, ०७:११ खबर संवाददाता

कैलाली: कैलालीको अत्तरियामा बिहीबारदेखि हुने भनिएको दोश्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता स्थगित भएको छ। कोरोना भाइरसको त्रासका कारण सबै तयारी पुरा भएर खेल तालिका समेत जारीभएपनि आयोजना हुने दिनमै प्रतियोगिता स्थगित गरिएको हो। 

पिएफए स्पोर्टस क्लव अत्तरियाको आयोजनामा फागुन २२ गतेदेखि २८ गतेसम्म हुने भनिएको राजधानी कप फुटबल प्रतियोगिताको तयारी पुरा भएपनि गोदावरी नगरपालिकाले सार्वजनिक कार्यक्रम नगर्न अपिल जारी गरेपछि प्रतियोगिता रोकिएको हो। 

नगरपालिका क्षेत्रभित्र कुनै पनि सभा, सम्मेलन, महोत्सव, उत्सव आयोजना नगर्नका लागि अपिल गरेकोले केही समयका लागि प्रतियोगिता स्थगित गरिएको प्रतियोगिताका संयोजक सन्तोष भट्टले जानकारी दिए।

मालिका खेल मैदान तेघरीमा सञ्चालन हुने प्रतियोगितामा कैलाली, बाँके र दाङका ११ टिमले सहभागिता जनाउने भनिएको थियो। 

कमेन्ट लोड गर्नुस