सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा चट्याङ लागेर एक महिलाको मुत्यु

२०७६ फाल्गुन २२, ०३:३४ खबर संवाददाता

डोटी: डोटीमा चट्याङ लागेर एक महिलाको मुत्यु भएको छ। जिल्लाको सायल गाउँपालिका–२, सिर्मा गाउँमा चट्याङ लागेर ६० वर्षीया जसुदेवि ओलीको मृत्यु भएको हो। 

बुधबार बेलुका साढे ६ बजेतिर घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङले लागेर ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरिक्षक दिलीपसिंह देउवाले बताए। 

कमेन्ट लोड गर्नुस