डोटीमा जिप दुर्घटना हुँदा १४ जना घाइते
डोटीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बैतडीबाट बाजुरातर्फ गइरहेको से १ ज १६३ नम्बरको जीप बिहीबार बिहान साढे ३ बजे जिल्लाको पूर्वीचौकी गाउँपालिका–६, मेलगैरामा दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २ को अवस्था गम्भीर छ। उनीहरुको धनगढी र बाँकीको डोटी अस्पतालमा उपचार भइरहेको छ।
अनियन्त्रित भई दुर्घटनामा परेको जिप सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।