सुदूर नेपाललाई विश्वसँग जोड्दै

संवैधानिक आयोगका सुझावलाई कार्यान्वयन गर्छौंः मुख्यमन्त्री भट्ट

फाइल फोटो
फाइल फोटो
२०७६ फाल्गुन २१, ०६:०३

कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संवैधानिक आयोगका सुझावलाई प्रदेश सरकारले कार्यान्वयन गर्ने बताएका छन्। 

मधेशी आयोगले आज आयोजना गरेको कैलाली र कञ्चनपुरका स्थानीय तहमा मधेश समुदाय लक्षित कार्यक्रमसम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले आयोगका सुझावलाई सङ्घीय सरकारको सिफारिस र सुझाव निष्पक्षरुपमा प्रदेश सरकारले लागू गर्ने बताए। 

उनले परिवर्तनका ठूला कुरा गर्नुभन्दा साहस देखाएर अघि बढ्नुपर्ने उल्लेख गर्दै समाजमा देखिएका सबैखाले विभेद, विकृति, विसङ्गतिको अन्त्य गर्नमा सबैले एकजुट हुनुपर्नेमा जोड दिए। उनले समाजलाई उत्तेजित बनाउनु भन्दा व्यवस्थित बनाउनतिर छलफल चलाउन आवश्यक रहेको बताए। उनले लक्षित समुदायका समस्यालाई पहिचान गरी प्राथमिकीकरण गरेर काम गर्नुपर्ने सुझाव दिए।

समाजमा चित्त बुझे राम्रो, नभएर नराम्रो भन्ने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले असन्तुष्टि बढेपछि द्धन्द्ध सिर्जना हुने बताए। उनले संविधानमा भएका व्यवस्थालाई लागू गर्न सरकारको मात्र भूमिका नभई सरोकारवाला पनि जिम्मेवार रहेका बताए।

 उनले आदिवासी, मधेशी, गरिब, विपन्न तथा उत्पीडित वर्गको आर्थिक सामाजिक र जीविकोपार्जनमा सहयोग पु¥याउन तीन वटै तहका सरकारले कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नुपर्ने बताए। –रासस
 

कमेन्ट लोड गर्नुस