सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउमा नयाँ रेकर्ड : तोलाको ८० हजार ५ सय रुपैयाँ

२०७६ फाल्गुन २१, ०१:०३ खबर संवाददाता

सुनको भाउले आज बुधबार नयाँ रेकर्ड बनाएको छ। सुनको भाउ आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्म कै महंगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

गएको आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ।
 

कमेन्ट लोड गर्नुस