सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आयुर्वेदिक अस्पतालको निर्माण अन्तिम चरणमा

२०७६ फाल्गुन २१, ११:४५ रोशन भट्ट

धनगढीमा निर्माणाधिन प्रादेशिक आर्युवेदिक अस्पतालको संरचना निर्माणको काम अन्तीम चरणमा पुगेको छ। नेपाल सरकारको स्वास्थ्य मन्त्रालय मार्फत आयुर्वेदिक सेवा विस्तार कार्यक्रम अन्तरगत निर्माण भईरहेको प्रादेशिक आयुर्वेदिक अस्पतालको निर्माण कार्य अन्तीम चरणमा पुगेको हो।

योजना कार्यान्वयन गरिरहेको संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीले हाल सम्म ८० प्रतिशत भन्दा बढी भौतिक प्रगती भएको जनाएको छ। ईकाइका ईन्जिनियर रविन वस्नेतले आर्युवेदिक अस्पतालको ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।

‘आउँदो असार सम्म निर्माण अवधी तोकिएको छ।’ उनले भने ‘सो समय भित्र काम सम्पन्न हुन्छ।’ सुरुवातमा जग्गा प्राप्तीका लागि समस्या देखिएसंगै संरचना निर्माणको काम केही पछाडी धकेलिएको थियो। अहिले संरचना निर्मााणको काम अन्तीम चरणमा पुगेपनि सो जग्गामा रहेका केही रुख काट्नुपर्ने भएकाले समस्या उत्पन्न हुन सक्ने देखिएको छ।

तर सरोकारवाला निकायलाई पत्राचार गर्दा पनि सुनुवाई नभएको निर्माण व्यवसायी चन्द्र शाहले बताए। ‘संरचना निर्माणको काम अन्तीम चरणमा पुगेपनि रुखले समस्या पार्ने देखिएको छ।’ उनले भने। उक्त अस्पताल भवन निर्माणको जिम्मा गौरी पार्वती एमके टिडिआर जेभीले पाएको थियो। १६ करोड ३३ लाखमा निर्माण सम्झौता भएकोमा १० करोड २६ लाख भुक्तानी भईसकेको छ।

संघीय सरकारको बजेटमा निर्माण भईरहेको आयुर्वेदिक अस्पताल मार्फत विशेषज्ञ सेवा दिनसके यस क्षेत्रका नागरिकलाई सहज हुने विश्वास लिईएको छ। प्रादेशिक आयुर्वेदिक अस्पतालमा १३ जना विशेषज्ञ डाक्टले स्वास्थ्य सेवा भनिएको छ। ५० शैयाको उक्त अस्पताल आउँदो वर्षदेखि संञ्चालन गर्ने दावी गरिएको छ। तर कुन निकाय मातहत राख्ने विषयको भने टुङ्गो लागेको छैन्। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस