सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम–११ का बिक्रम खप्तड गोल्डकपमा सर्वोकृष्ट

फोटो : गोल नेपालबाट
फोटो : गोल नेपालबाट
२०७६ फाल्गुन २०, ०६:४३ खबर संवाददाता

मोफसलकै सर्वाधिक धनराशीको नेपाल आईस सुदूपश्चिम खप्तड गोल्डकपको उपाधिमाथि आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले कब्जा जमाएको छ। धनगढी रंगशालामा आज भएको फाईनल खेलमा थ्रीस्टार क्लबलाई १–० ले पराजित गर्दै सुदूरपश्चिम–११ स्पोर्टस क्लबले उपाधिमाथि कब्जा जमाएको हो।

यस्तै सुदूरपश्चिम–११ का बिक्रम सिंह ठकुरी प्रतियोगितामा सर्वोकृष्ट खेलाडी चुनिएका छन्। थ्री स्टारविरुद्धको फाइनलमा उनले निर्णायक गोल गरेका थिए। प्रतियोगिता भर उनले ५ गोल गरेका थिए। सर्वोकृष्ट खेलाडी बनेका बिक्रमले बेनेली मोटरसाईकल प्राप्त गरे।

व्यक्तिगत विधातर्फ उत्कृष्ट फरवार्ड सुदुरपश्चिमका बिक्रम सिंह ठकुरी, गोलकिपर थ्री स्टारका पूर्ण चेम्जोङ, मिडफिल्डर थ्री स्टारका सुशील राई, डिफेन्डर सुदुरपश्चिमका धन बहादुर थापा चुनिए। यस्तै उदयमान खेलाडी सुदुरपश्चिमका विष्णु चौधरी र उत्कृष्ट प्रशिक्षक सुदुरपश्चिमकै रोहित भण्डारी चुनिए। व्यक्तिगत विधाका उत्कृष्टले जनही १५÷१५ हजार प्राप्त गरे।

कमेन्ट लोड गर्नुस