सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा गाडी ठोक्कियो, धनगढीमा चालकमाथि हातपातको प्रयास

२०७६ फाल्गुन १९, ०४:४६ खबर संवाददाता

डडेल्धुरामा गाडी ठोक्किएको विषयलाई लिएर धनगढीमा चालकमाथि हातपात प्रयास भएको छ। आज बिहान डडेल्धुराको साहुखर्कमा धनगढीबाट बैतडी गईरहेको भाडाको म १ज २२२ नम्बरको जीप र धनगढी आईरहेको से १ ख २०५६ नम्बरको मिनी ट्रक ठोक्किएर समान्य दुर्घटना भएको थियो।

सोही विषयलाई लिएर ट्रक चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ का रामचन्द्र भट्टमाथि धनगढीमा हातपातको प्रयास भएको हो। धनगढीको बोराडाँडी स्थित नेपाली सेनाको ब्यारेक अगाडी  म १ च ७३२ नम्बरको स्कारपियो गाडीमा आएको ५÷६ जना अपरीचीत व्यक्तिको समूहले गालीगलौज गर्दै हातपात प्रयास गरेका हुन्।

‘डडेल्धुराको साहुखर्कमा गाडी ठोक्किदा दुर्घटना भएको हो, प्रहरीले सबै टिपोट संकलन गर्दै सहमती गरेर छोडेको थियो।’ चालक भट्टले भने, ‘तर बोराडाँडीमा स्कारपीयो जीपमा आएका व्यक्तिले गाली गर्दै हातपातको प्रयास गरे।’उनका अनुसार धनगढीबाट अत्तरिया गईरहेको स्कारपीयोले सुरुमा रोक्ने प्रयास गरेको थियो।

आफूले नचिनेका कारण गाडी नरोपनि गाडी फर्काएर ओभर टेक गरी ब्यारेक अगाडी हातपातको प्रयास गरिएको उनले दिनेश खबरलाई बताए। अपशब्द प्रयोग गरी हातपातको प्रयास गरिएपनि मान्छेहरु जम्मा भएपछि उनीहरु भागेको भट्टले बताए। भट्टका अनुसार त्यतीबेला धनगढीबाट अत्तरियातर्फ गईरहेको प्रहरी भ्यानलाई रोक्न आग्रह गरिएपनि वास्ता गरेन। ब्यारेक अगाडीका सैनिक पनि मुखदर्शक बनेका थिए।

उनले गुण्डा परिचालन गरी आफूमाथि जुनसुकै बेला पनि आक्रमण हुन सक्ने भन्दै असुरक्षा महसुस भएको बताए। डडेल्धुरा प्रहरीका अनुसार समान्य दुर्घटनापछि दुवै पक्षलाई सम्झाई बुझाई छोडिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक  देवबहादुर खत्रीले दुवै चालकका कागजपत्र बरामद गरी भोली साहु सहित छलफलका लागि उपस्थित हुन भन्दै पठाईएको बताए। 

भीआईपी सुरक्षाले सर्वसाधारणको वेवास्ता 

भीआईपी सुरक्षामा व्यस्त भएपछि नेपाली प्रहरीले सर्वसाधारणलाई वेवास्ता गरेको गुनासो गरिएको छ। बेराडाँडी ब्यारेक नजिकै दिउँसै खुलेआम हातपात प्रयास भएपनि अत्तरियातर्फ जादै गरेको प्रहरी टोली सहित भ्यानलाई आग्रह गर्दा पनि रोकेन। आज धनगढीमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, संघिय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, उद्योगमन्त्री लेखराज भट्ट लगायतका भीआईपी व्यक्ति आईपुगेका छन्।

जसका कारण जिल्लाको सुरक्षा निकाय भीआईपी सुरक्षामा व्यस्त देखिन्छ। त्यसै कारण नागरिकको सुरक्षामा ध्यान नदिएको गुनासो गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले बोराडाडीमा भएको घटनाको विषयमा कुनै जानकारी प्राप्त नभएको बताए।

उनले प्रहरी भ्यान नरोकेको भन्ने विषयमा स्कटीङ वा अन्यत्र जिल्लाको हुनसक्ने बताए। तर पीडित पक्षले प्रहरीमा सम्पर्क गरे घटनाको अनुसन्धान गर्ने काकीले बताए।  

 

कमेन्ट लोड गर्नुस