सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको एक सहकारी संस्थामा अज्ञात समूहद्वारा तोडफोड

२०७६ फाल्गुन १८, ०१:४१ खबर संवाददाता

बैतडी:  बैतडीमा रहेको एक सहकारी संस्थामा तोडफोड भएको छ।  जिल्लाको सिगास गाउँपालिका– ९ मा रहेको लालिगुराँस महिला बचत तथा ऋण सहकारी संस्थामा अज्ञात समूहले शनिबार राति तोडफोड गरेका हुन्।

सहकारीको मुल ढोका तोडफोड गरी संस्था भित्रका कागजात चोर्नुका साथै कुर्सी, फर्निचर, लगायतका सामाग्री तोडफोड गरेको सहकारीकी व्यवस्थापक भागरथी अवस्थीले बताइन। 

सहकारी संस्थामा करिब २ लाख बराबरको क्षति भएको उनले बताइन। यसअघि पनि सहकारी तोडफोड भएको अवूथीले बताइन। 

कमेन्ट लोड गर्नुस