सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पतालमा बच्चा जन्माए ५ हजार भत्ता दिइने

२०७६ फाल्गुन १७, ०१:११

स्वास्थ्य संस्थामा नियमित गर्भजाँच र प्रसूति गराउनेलाई ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले प्रसूति भत्ता दिन थालेको छ। नियमित स्वास्थ्य जाँच गराइ स्वास्थ्य संस्थामै प्रसूति गराउनेलाई ५ हजार रुपैयाँ भत्ता दिन थालेको हो।

गाउँपालिकाभित्रका गर्भवतीले चारपटक गर्भ जाँच गराइ प्रसूति पनि स्वास्थ्य संस्थामै गराउनेलाई उक्त रकम दिइने गाउँपालिकाका उपाध्यक्ष सविता राईले बताइन्। 

गाउँपालिकाले २०७६/०७७ मा स्वास्थ्यतर्फको बजेट सुत्केरी कोसेली भेट शीर्षकमा ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको उनले बताइन। 
 

कमेन्ट लोड गर्नुस