सुन्तलाको बियाँ फाल्ने गर्नु भएको छ? यस्ता छन फाइदा
सुन्तला मन नपर्ने शायदै कोही होला। केटाकेटी, बुढाबुढी तथा युवायुवती सबैलाइ सुन्तलाको स्वादले लोभ्याउने गरेको छ। यसको केही अमिलो तथा गुलियो स्वाद सबैको जिब्रोमा झुण्डिएको हुन्छ। तर सुन्तला खाँदा यसको बियाँले सुन्तलाको खानुको त्यो आनन्दलाई केही खल्लो बनाएझैं लाग्छ। तपाईँले सुन्तलाको बियाँ के गर्ने गर्नुभएको छ। पक्कै पनि फाल्नुहुन्छ। तर यो सन्देश पढेपछि भने तपाईँ सुन्तलाको बियाँ पनि खान थाल्नुहुन्छ।
यस्ता छन सुन्तलाको बियाँको फाइदा:-
सुन्तलाको बियाँमा भरपूर मात्रामा भिटामिन बि–६ तथा म्याग्नेशियम हुने गर्छ जसले ब्लड प्रेशर नियन्त्रण गर्न मद्दत गर्छ।
यसको बियाँको तेल विभिन्न खाद्य पदार्थ बनाउन प्रयोग गर्ने गरिन्छ।
यसको बियाँको तेल केक, बिस्कुट तथा विभिन्न चकलेटमा वासनाको लागि प्रयोग हुन्छ।
यसको बियाँले इम्युन सिस्टम बलियो बनाउँछ।
यसको तेलले कपाललाइ पनि बलियो बनाउँछ। र यसलाइ राम्रो कण्डिस्नर मनिन्छ।
सौन्दर्य साधनमा पनि यसको धेरै नै प्रयोग हुन्छ।
यति पढिसकेपछि पक्कै पनि तपाईँ सुन्तलाको बियाँ फाल्नुहुन्न।