सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको विकासका लागि नेपाल सरकार लागि परेको छ: राष्ट्रपति भण्डारी

२०७६ फाल्गुन १६, ०१:२६ खबर संवाददाता

डडेल्धुरा: राष्ट्रपति विद्यादेवि भण्डारीले सुदूरपश्चिम प्राकृतिक रुपमा सौन्दर्यले भरिपूर्ण र रमणीय क्षेत्र भएको बताएकी छन्।  बुधबारबाट सुदूरपश्चिम भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार डडेल्धुरामा रहेको धार्मिक शक्तिपिठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गरेकी छन्।

राष्ट्रपति भण्डारीले शुक्रबार बिहान ११ बजे अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा भगवतीको मन्दिरको दर्शन गरेकी हुन्। दर्शन पश्चात उनले भनीन, ‘सुदूरपश्चिम प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक पक्षले भरिपूर्ण प्रदेश। डडेल्धुरासहित समग्र सुदूरपश्चिमको विकासका लागि नेपाल सरकार लागि परेको छ।’

जिल्ला सदरमुकामभन्दा पाँच किलोमिटर टाढा उत्तरतर्फ महाकाली राजमार्गको छेउमै अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा पुगि राष्ट्रपति भण्डारीले माता भगवतीको दर्शन गर्ने भएपछि  सुरक्षा व्यवस्था कडा पारिएको थियो।

राष्ट्रपति भण्डारीले आफू डडेल्धुरामा यसअघि पनि आएको बताइन्। तर, राष्ट्रपति भएर भने पहिलो पटक डडेल्धुरामा आएको उनले सुनाइन्।  हेलिकोप्टरमार्फत डडेल्धुराको उग्रतारा मन्दिर पुगेपछि दर्शन गरेर उनी शुक्रबार नै कञ्चनपुर प्रस्तान गरेकी छन्। 

कमेन्ट लोड गर्नुस