सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा पहिरोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु, ४ घाइते

२०७६ फाल्गुन १५, ०४:३८ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुरामा पहिरोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका– २ बेडपानीमा रहेको अमरघाट झोलुङे पुलको फाउण्डेशनमा काम गरिरहेका मजदुरमाथी पहिरो पर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ। 

पहिरोमा परि बेडपानी बस्ने ६६ वर्षीय डम्मरे लुहारको मृत्यु भएको छ। त्यस्तै घाइते हुनेमा सोही ठाउँका ५० वर्षीय पतीराम भट्ट, ६६ वर्षीय टेकबहादुर साउद, ४५ वर्षीय शिवराज भट्ट र ७९ वर्षीय टिकाराम भट्ट रहेका छन्। 

घाइतेहरुको तत्काल उद्धार गरी डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस