सुदूर नेपाललाई विश्वसँग जोड्दै

पानीजहाजबाट भारतले नेपालीको उद्धार गर्‍याे

२०७६ फाल्गुन १५, १२:०२ खबर संवाददाता

कोरोना भाइरसका कारण जापानको समुद्री तटमा रहेको क्रुज शिपबाट भारतले एक सय १९ जना भारतीयसहित पाँच विदेशी नागरिकको उद्धार गरेको छ। एअर इण्डियाको विशेष विमानबाट सबै नागरिक बिहीबार बिहान नयाँ दिल्ली आइपुगेका हुन्। जापानबाट भारतीय नागरिकसहित नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई पनि ल्याइएको हो। 

‘डायमण्ड प्रिन्सेस’ क्रुज शिपबाट भारतीयलाई निकाल्न मद्दत गरेको भन्दै भारतीय विदेश मन्त्री एस जयशङ्करले जापानी अधिकारीहरुलाई धन्यवाद दिएका छन्। उनले ट्वीट गरेका छन्, ‘एअर इण्डियाको जहाज भर्खरै टोक्योबाट दिल्ली आइपुगेको छ। कोरोना भाइरसका कारण जापनको क्रुज शिपमा फसेका एक सय १९ भारतीय र श्रीलङ्का, नेपाल, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई ल्याइएको छ। एअर इण्डियालाई फेरि एक पटक धन्यवाद दिन चाहन्छु।’ 

उद्धार गरेर ल्याइएका मध्ये १६ जना भारतीय नागरिक भाइरसको चपेटामा परेका छन्। उनीहरु सबैलाई १४ दिनसम्म हरियाणाको भारतीय सेनाको मानेसरमा रहेको संगरोध सुविधा केन्द्र पठाइएको छ।  वुहानबाट फर्किनेहरुमा बङ्गलादेश, म्यानमार, मालदिभ्स, दक्षिण अफ्रिका अमेरिका र मदागास्करका नागरिक पनि थिए। 

कमेन्ट लोड गर्नुस