सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न

सिनियरमा दिवश र ललिता, जुनियरमा अंशु र लक्ष्मी च्याम्पीयन

२०७६ फाल्गुन १४, ०६:४९

धनगढी : धनगढीमा भइरहेको विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। कैलाली जिल्ला खेलकुद विकास समिति र कैलाली जिल्ला टेवल टेनिस संघको संयुक्त आयोजनामा धनगढीको कभर्ड हलमा भएको दुई दिने विद्यालय स्तरीय टेवल टेनिस प्रतियोगिता सम्पन्न भएको हो। 

विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगितामा सिनियर छात्रतर्फ नाष्ट उच्च माविका दिवस बोहोरा च्याम्पीयन भएका छन्। सिद्धार्थ सिसु सदनका अभिषेक गौतम दोस्रो र कैलाली बहुमुखी क्याम्पसका विशाल शाही तथा स्टेपिङ स्टोन स्कुदका पंकज भट्ट तेस्रो भएका छन्।  

त्यस्तै छात्र जुनियरतर्फ सैनिक आवासिय महाविद्यालयका अंशु भट्ट च्याम्पीयन भए। सैनिककै शेखर विष्ट दोस्रो तथा एरिष्टो स्कुलका निश्चल बोहोरा र ग्यालेक्सी स्कुलका अनुज खड्का तेस्रो भएका छन्।

त्यस्तै छात्रा सिनियरतर्फ ग्यालेक्सी स्कुलकी ललीता शाही च्याम्पीयन भइन्। ऐश्वर्य विद्या निकेतनकी पुष्पा नेगी दोस्रो हुँदा फारवेष्ट स्कुलकी रक्षा बम र ऐश्वर्य विद्या निकेतनकी अनुषा धामी तेस्रो भइन्। 

त्यसैगरी छात्रा जुनियरतर्फ एरिष्टो स्कुलकी लक्ष्मी बोहोरा च्याम्पीयन बनिन्। एरिष्टोकै मेनका ढाट दोस्रो हुँदा शारदा माविकी निषा ऐर र एरिष्टोकी दिना लामिछाने तेस्रो भइन्।

चार वटै विद्यामा प्रथम हुनेले नगद १५ सय, दोस्रो हुनेले ७५० र तेस्रो हुनेले जनही २५० नगद पुरस्कार समेत प्राप्त गरेका छन्। टेवल टेनिस प्रतियोगितामा ८ विद्यालयका ५० जनाभन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका थिए।  प्रतियोगितामा विभिन्न चार विधामा प्रतिस्पर्धा भएको थियो। कक्षा ८ मुनिका छात्र र छात्रा तथा कक्षा १२ सम्मका छात्र र छात्राहरुको प्रतिस्पर्धा भएको टेबल टेनिसका सहायक प्रशिक्षक तथा प्रतियोगिताका संयोजक निरज चन्दले बताए।

विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच सिल्ड प्रमाण पत्र तथा मेडल वितरण गरिएको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबुराजा श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका छन्।

कैलाली जिल्ला खेलकुद विकास समितिले तल्लो तहदेखि नै विभिन्न खेलका खेलाडीहरु उत्पादन गर्नका लागि विद्यालय स्तरीय प्रतियोगिता गर्दै आएकोमा टेवल टेनिसको प्रतियोगिता गरिएको जनाएको छ। समापन समारोहमा कैलाली जिल्ला टेबल टेनिस संघका अध्यक्ष रमेश पाण्डेयको अध्यक्ष रहेका थिए।   

 

 

 

कमेन्ट लोड गर्नुस