सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ कारागारका कैदी बन्दीलाई खेलकुदका सामाग्री र न्यानो कपडा हस्तान्तरण

२०७६ फाल्गुन १४, ०६:०६

बझाङ : जिल्ला कारागार बझाङका कैदी बन्दिहरुका लागी न्यानो कपडा र खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ। बझाङका रहेको निकोस मिनिष्ट्रीज फियालोसि चर्चले कैदी बन्दिहरुका लागी २ वटा क्यारेम बोर्ड, बलाङ्केट, डस्ना, स्किपिङ डोरी र केही प्रेणादायी पुस्तकहरु हस्तान्तरण गरेको निकोस मिनिष्ट्रीज फियालोसि चर्चका पाष्टर मदन एसकेले बताए। 

उक्त सामान खरिद गर्नका लागी  युएसएबाट ईन्टरनल चर्च सिरैक्युज क्लबले  आर्थिक सहयोग गरेकोे पाष्टर एसकेले बताए।  

केही महिना अघिदेखि निकोस मिनिष्ट्रीज फियालोसि चर्चले जिल्ला कारागार बझाङमा रहेका कैदी बन्दीहरुका लागी विहान बेलुका चिया र कफिसमेत उपलब्ध गराउने गरेको जिल्ला कारागार बझाङ जेलर राजु नेपालीले बताए।  

निकोस मिनिष्ट्रीज फियालोसि चर्चले जिल्लामा रहेका बेसहारा र टुहुरा बालबालिका तथा परिवारका लागी समेत विभिन्न आर्थिक सहयोग गर्दै आएको  छ। 
 

कमेन्ट लोड गर्नुस