सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाली पेटमा लसुन खानुका यस्ता छन् ५ फाइदा

२०७६ फाल्गुन १४, ०५:३६ खबर संवाददाता

बिहान खाली पेटमा लसुन खानु निकै फाइदाजनक हुन्छ। बिहान खाली पेटमा लसुन खानु किन बढि प्रभावकारी हुन्छ? किनकी बिहानको समयमा ब्याक्टेरिया बढि मात्रामा बाहिर आएका हुन्छन्, जसलाई लसुनमा हुने तत्वले नष्ट गर्न सक्छ।

१. उच्च रक्तचाप नियन्त्रण - बिहान खाली पेटमा लसुनको केही केस्रा नियमित रुपमा खानाले रक्तप्रवाह सन्तुलित गराउने तथा मुटुसँग सम्बन्धित विभिन्न खाले समस्याका साथै कलेजो तथा मुत्रथैलीको संक्रमणको जोखिम समेत कम गर्छ।

२. झाडापखाला नियन्त्रण - सामान्य खाले झाडापखालको उपचारका लागि लसुनको सेवन हितकर हुन्छ । बिहान खाली पेटमा लसुन चपाउनुहोस्, त्यसले झाडाबान्तामा फाइदा पुग्छ।

३. भोक लाग्दैन - लसुनले पाचन क्रियालाई नियमित गर्दछ र भोक बढाउन मद्दत गर्दछ। यसले तनाव कम गर्नुका साथै पेटमा हुने अम्लपना समेत नियन्त्रण गर्न सहयोग र्पुयाउँछ।

४. दम, निमोनिया, ब्रोंकाइटिस, चिसो लाग्ने समस्या तथा खोकी लगायतका स्वासप्रस्वासजन्य समस्याको घरेलु उपचारमा लसुन निकै उपयोगी सिद्ध हुन्छ।

५. लसुनको नियमित सेवनले कब्जियतको समस्या समेत कम गर्दछ।

कमेन्ट लोड गर्नुस