सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

२०७६ फाल्गुन १३, ०३:०२ प्रकाश सिंह

बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा मंगलबार विहान ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा परि चालकसहित ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ। 

गाउँपालिका– ६ स्थित निलासेनबाट घट्मुनातर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००२ त ४९९ नम्बरको ट्याक्टर सिमधारा स्थित ग्रामिण कच्ची सडकमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार घाइते हुनेमा गौमुल गाउँपालिका– ६ का २१ वर्षीय ट्याक्टर चालक प्रकाश रोकाया, सोही गाउँपालिका ४ कौणाकोट बस्ने ट्याक्टर साहु ४८ वर्षीय तुला बुढा, सोही वडाकै १८ वर्षीय अनुप रोकाया, १९ वर्षीय भुवन बुढा, १५ वर्षीय स्मृती सार्की, १५ वर्षीय सुर्मा सार्की, १६ वर्षीय सरिता सार्की, १७ वर्षीय सरिता सार्की र सोही गाउँपालिका ५ मानाकोटका २८ वर्षीय दिपक रोकाया रहेका छन्।

ट्याक्टर दुर्घटनामा परेका ८ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने ट्याक्टर चालक प्रकाश रोकायालाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। ट्याक्टर सडक भन्दा करिब एकसय मिटर तल खसेको थियो।

घाइते हुनेमा बढीजसो विद्यार्थीहरु रहेको छन्। उनीहरु कक्षा आठको फर्म भर्नका लागी फोटो खिच्न गाउँपालिकाको केन्द्र घट्मुना आउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

घाइतेहरुको उपचारको लागी गौमुल गाउँपालिलकाका अध्यक्ष हरीबहादुर रोकायाले जिल्ला अस्पताल बाजुरा पुगेर तदारुक्ता देखाएका छन्। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस